logo
  • शनिबार, असोज १७ २०८३

श्रीलङ्कामा विषाक्त अवैध मदिरा सेवनबाट पाँच जनाको मृत्यु


  • पब्लिक सूचना
  • मंगलबार, पुष २२ २०८२

श्रीलङ्काको उत्तरपश्चिमी प्रान्तमा अवैधरूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीका अनुसार मदिरा पिएलगत्तै तीन जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । श्रीलङ्कालीले प्रयोग गर्ने मधिरा मध्ये करिब ४० प्रतिशत अवैध मदिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । श्रीलङ्काकामा मदिरामा मुख्य रूपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मधिरासँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटना रेकर्ड गर्ने गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend