logo
  • शनिबार, असोज १७ २०८३

मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक, पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा


  • पब्लिक सूचना
  • मंगलबार, पुष २२ २०८२

 सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सञ्चारमन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।

सरकारका प्रवक्ता खरेलकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने बिलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ । मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

पुस ११ र २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend