logo
  • शनिबार, असोज १७ २०८३

रौतहटमा इभि गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, पुष २१ २०८२

 रौतहटमा इभि गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–१ भुवाली चौकमा  पिपरीयाबाट अजगैबि जाने भित्री सडक खण्डमा बागमती प्रदेश ०३–००१ ज ७६६ नं. को इभि गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२ ईनर्वाका २३ वर्षीय दिपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो । सोमबार बिहान ०८ः४५ बजेको समयमा इभिको ठक्करले  गम्भिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बैठालाई डाक्टरले १० बजेर १५ मिनेटमा मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

ठक्कर दिने इभि गाडी र इभि गाडीका चालक रौतहटको  राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक कंडेलले बताउनुभयो । शव प्रादेशिक अस्पताल गौरमै रहेको र घटनाको अनुसन्धान भइ रहेको उहाँले जानकारी दिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend