logo
  • शनिबार, असोज १७ २०८३

सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा


  • पब्लिक सूचना
  • सोमबार, पुष १४ २०८२

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले धरौटी जमानत लिएर छाडेको छ । अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको एआइजी मनोज केसीले जानकारी दिए ।

अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको हो । ‘उच्च अदालत पाटनको अनुमतिमा अनुसार अग्रवालसँग धरौटी लिएर छाडेको हो,’ केसीले  भने, ‘२०७४ को दफा १५ को व्यवस्था अनुसार सीआइबीले धरौटीमा छाड्न मिल्छ ।’ उनका अनुसार धरौटी बुझाएर छुटे पनि अनुसन्धान भने जारी रहनेछ ।

‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्का त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा उनलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सकिनेछ,’ उक्त दफामा भनिएको छ। उक्त दफामा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने उल्लेख छ ।

सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend