logo
  • शनिबार, असोज १७ २०८३

अङ्ग्रेजी नयाँ वर्षमा नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा विशेष छुट


  • पब्लिक सूचना
  • सोमबार, पुष ७ २०८२

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ ।  नर्भिकले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो ।

नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो  पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा  १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ ।

यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । छुट अफरको सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend