नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ,जुन अहिले सामाजिक संजाल सहित शहर – शहर ,गाउँ – गाउ साथै हरेक मान्छेहरुको मुख मुखमा कुरा गरिरहेको विरलै भेटिन्छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्री परिसदले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गरेकी हुन् ।
उक्त नक्साको धेरै नै कुरा भैरहदा हाम्रो नवनिर्मित काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले कार्यालयमा बृहत्तर नेपालको नक्सा राख्नु भएको छ ।नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि भारतले आफ्नो नक्सामा समावेश गरेको भन्दै नेपालमा चर्को विरोध भइरहदा भारतको यस कदमको आमजनताबाट विरोध भइरहेका बेला मेयर बलेन शाहले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभएको हो । सुगौली सन्धिअघिको नेपाली भूभाग बृहत्तर नेपालको नक्सामा समावेश गरिएको छ ।
बलेनले नेपालको इतिहास कसैले मेटाउन नसक्ने भन्दै नक्सा राख्न निर्देशन दिनु भएको हो । त्यसप्रश्चात उक्त नक्सा सामाजिक संजालमा समेत नेपाली जनताले मनपराएको र चासोको विषय बनेको छ ।
त्यही बिषयमा धेरै नै चासो अनि देशको हितको लागि आफ्नो ज्यान कुरवान गर्दिने हाम्रो सर्लाही जिल्ला मलंगवा नगरपलिकाका मेयर नगेन्द्र प्रसाद यादवले पनि आफ्नो कार्य कक्षमा Grater Nepal को नक्शा राख्नु भएको छ।
नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend