पब्लिक सूचना
काभ्रे — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष तथा बागमती प्रदेश सदस्य विनोद घिसिङ ले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।
पार्टी नेतृत्व जनआकांक्षाबाट विमुख हुँदै मनोगत, केन्द्रीकृत र अवसरवादी राजनीतिमा सीमित भएको आरोप लगाउँदै घिसिङले सामाजिक न्याय, सुशासन र समृद्धिको सपना धराशायी बनेको टिप्पणी गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठ्ने गरी राज्य व्यवस्था अस्तव्यस्त बन्दै गएको अवस्थामा पनि नेतृत्व मौन रहेको उहाँको भनाइ छ।
पछिल्लो पुस्ताबाट उठेका राजनीतिक प्रश्नको सम्बोधन गर्नुको सट्टा विभाजन, दमन र भ्रम सिर्जना गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको मर्ममाथि गम्भीर आघात पुगेको जनाउँदै उहाँले पार्टी त्याग गर्ने निर्णय गरेको स्पष्ट पार्नुभएको छ।
घिसिङले आगामी राजनीतिक यात्राबारे हालसम्म कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, राजनीतिक वृत्तमा भने उनले उज्यालो नेपाल पार्टीबाट आगामी राजनीतिक यात्रा अगाडि बढाउने आँकलन गर्न थालिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend