logo
  • शनिबार, असोज १७ २०८३

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त


  • पब्लिक सूचना
  • मंगलबार, साउन २ २०८०

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त हुनुभएको छ । नेपाल भलिबल सङ्घको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सङ्घले हालै हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो । सातौँ प्रधानमन्त्री एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको दौरानमा अनुशासनहीन काम गरेको भन्दै थापालाई कप्तानबाट बर्खास्त गरेपछि श्रेष्ठले कप्तान बन्ने मौका पाउनुभएको हो ।

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आउनुभएका २६ वर्षीय श्रेष्ठ पछिल्लो आठ वर्षदेखि राष्ट्रिय टोलीका हुनुहुन्थ्यो । यसअघि बीच भलिबलमा राष्ट्रिय टोलीका कप्तानी गर्नुभएका श्रेष्ठले आर्मीको भने कप्तानी गरिसक्नुभएको छ । उहाँ राष्ट्रिय टोलीको कप्तान बन्ने ११औँ खेलाडी बन्नुभएको छ ।

यसअघि पुरुष भलिबल टोलीको कप्तान बन्ने सौभाग्य ऋषिराज आचार्य, दीपक सापकोटा, महेन्द्रलाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत शाह, कैलाश भट्ट, इमबहादुर राना र हरिहजुर थापाले पाउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend