logo
  • शनिबार, असोज १७ २०८३

नयाँ तीज गीत ‘यो तीजको लहर हो’ सार्वजनिक


  • पब्लिक सूचना
  • मंगलबार, साउन २ २०८०

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा दुई चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।

डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा स्मारिका ढकाल,  दीपा शाही, सुशीला थापा, आभा थापा र बिना राउतलगायत कलाकारको अभिनय छ ।

अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो । नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई नोभिस आर्टसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend