logo
  • शनिबार, असोज १७ २०८३

हनुमाननगर कंकालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर १९ २०८२

कल्याणपुर (सप्तरी), मङ्सिर १९ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा महिला ४५७ र पुरुष तीन सय गरी ७५७ जनाले सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिनुभयो ।

शिविरमा १५० देखि दुई जनासम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि बिहीबार साँझसम्म ७५७ जनाले सेवा लिएको उहाँले बताउनुभयो । तीमध्ये ११३ जना मोतियाविन्दुको बिरामी फेला परेको र उहाँहरु निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिनुभयो ।

शिविरमा चौधरी आँखा अस्पताल, लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend