पब्लिक सूचना
नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ। मंगलबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो।
प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो। उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने बताउनुभयो। उहाँले नेपाली कांग्रेसलाई आन्तरिक रुपबाटै सुदृढ बनाएर विभिन्न आयाममा देखिएका विभिन्न खाले समस्यालाई समाधान गरेर पार्टीका अवयवलाई क्रियाशील र गतिशील बनाउन नसकिने बताउनुभयो।
कांग्रेस रुपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend