फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र विकास संस्थानमा छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ ।
अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको बेला आगलागी भएको हो । कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । आगलागीमा मानवीय क्षति नभएको र कपडैकपडाको सेट भने जलेर नष्ट भएको निर्माण पक्षले जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको र १० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
सविन अधिकारी निर्देशित यो फिल्म भदौ १४ गते रिलिज गर्ने तयारी छ । मुकुन भुसाल र मेनुका प्रधानको शीर्ष भूमिका रहेको यो फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतले पनि अभिनय गरेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend