logo
  • शनिबार, असोज १७ २०८३

नेपालमा सुनको मूल्य नयाँ उचाइमा


  • पब्लिक सूचना
  • आइतबार, मंसिर १४ २०८२

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार ४९० निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ३४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend