logo
  • शनिबार, असोज १७ २०८३

बर्दियामा २० वर्षीय युवक ब्राउनसुगरसहित पक्राउ


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर १२ २०८२

बर्दियामा बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारूलाई लागुऔषध ब्राउनसुगरसहित बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

थारूलाई भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

थारूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend