logo
  • आइतबार, असोज १८ २०८३

आज सुन घट्यो, चाँदी बढ्यो : बजारमा मिश्रित प्रभाव


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर ११ २०८२

आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु. ४०० ले घटेको छ भने चाँदी रु. ६० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार २८० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला रु. दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार २२० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend