logo
  • शनिबार, असोज १७ २०८३

राप्रपाको कार्यसम्पादन समिति बैठक आज, पार्टी रणनीति र एजेन्डाबारे छलफल


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर ११ २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै  एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend