logo
  • शनिबार, असोज १७ २०८३

राजनीतिमा प्रवेश गर्दै अभिनेता अभिषेक बच्चन!


  • पब्लिक सूचना
  • मंगलबार, साउन २ २०८०

बलिउड अभिनेता अभिषेक बच्चन फिल्मसँगै बेव सिरिजमा काम गरिरहेका छन्।  उनी यतिबेला राजनीतिक विषयलाई लिएर चर्चामा छन्। भारतीय सञ्चारमाध्यम इटाइम्सका अनुसार उनी अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्दैछन्।

उनी सन् २०२४ मा प्रयागराजबाट चुनाव लड्ने योजनामा छन्। तर अहिलेसम्म अभिषेक र समाजवादी पार्टीले राजनीतिमा प्रवेश बारे औपचारिक जानकारी दिएका छैनन्।

यसअघि अमिताभ बच्चनले सन् १९८४ मा लोकसभा चुनाव जितेका थिए। तर उनले ३ वर्षमै राजीनामा दिए। अभिषेककी आमा जया बच्चन पनि लामो समयदेखि समाजवादी पार्टीमा सक्रिय छिन्। जया २००५/२००६ मा सांसद भएकी थिइन्। त्यसपछि सन् २०१८ मा उनी राज्यसभा सदस्य भइन्।

अभिषेक राजनीतिमा प्रवेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ। उनले सन् २०१३ मा दिएको अन्तर्वार्तामा भने राजनीतिमा नआउने बताएका थिए।

‘मेरा आमाबुवा राजनीतिमा हुनुहुन्छ तर म आफूलाई राजनीतिमा देख्दिनँ। म पर्दामा राजनेताको भूमिका निभाउन सक्छु तर वास्तविक जीवनमा होइन,’ उनले भनेका थिए।

उनी फिल्म ‘दसवीं’ मा राजनेताको भूमिकामा देखिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend