logo
  • आइतबार, असोज १८ २०८३

“बाजुराको उच्च हिमाली क्षेत्र भेडा हबमा रूपान्तरण गर्ने तयारी : मुख्यमन्त्री शाह”


  • पब्लिक सूचना
  • आइतबार, मंसिर ७ २०८२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबको रुपमा विकास गरिने बताउनुभएको छ ।

आइतबार त्यहाँको भ्रमणको क्रममा उहाँले यस्तो बताउनु भएको हो । हिमाली क्षेत्रमा भेडा पालनको अत्यधिक सम्भावना रहेकाले भेडा हबको रुपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । त्यसका लागि आवश्यक प्राविधिक तथा संरचनागत तयारी अगाडि बढाइने मुख्यमन्त्री शाहको भनाइ थियो ।

उहाँले प्रदेश सरकारले हिमाली क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “यहाँको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा देखिएको चुनौतीलाई प्राथमिकतासाथ समाधान गरिनेछ” मुख्यमन्त्री शाहले भन्नुभयो, “लिफ्टिङ प्रविधिमार्फत दुर्गम बस्तीसम्म स्वच्छ पानी पुर्याउन प्रदेश सरकार तयारी अवस्थामा रहेको छ ।”

मुख्यमन्त्री शाहले हिमाली क्षेत्रमा पाइने औषधीय जडिबुटीको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । उहाँले जडिबुटी सङ्कलन, प्रशोधन र मूल्यवृद्धि गर्ने आधार संरचनाको विकास गरिने बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend