पब्लिक सूचना
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।
कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए।
पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए।
कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए।
सोही पार्टी आइतबार राष्ट्रिय सभाबाट घोषणा हुन लागेको हो।
पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्नेछन्।
निर्वाचन आयोगमा भने उक्त दल दर्ता भइसकेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend