logo
  • शनिबार, असोज १७ २०८३

स्कटल्याण्ड २६ वर्षपछि विश्वकपमा फर्कियो, डेनमार्कलाई ४–२ ले हराउँदै ऐतिहासिक प्रवेश


  • पब्लिक सूचना
  • बुधबार, मंसिर ३ २०८२

स्कटल्याण्डले डेनमार्कलाई रोमाञ्चक खेलमा ४-२ ले हराउँदै १९९८पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको छ।

१० खेलाडीमा सीमित भएको डेनमार्कले प्ले अफबाट विश्व कपका लागि कोशिस गर्नुपर्नेछ। खेलको तेस्रो मिनेटमै स्कट म्याकटमिनेले शानदार ‘ओभरहेड किक’ गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाए।

त्यसपछि डेनमार्कले खेलमा दबाब बनायो र एन्डी रोबर्टसनको फाउलपछि रास्मुस ह्वाइलुन्डले पेनाल्टीबाट बराबरी गोल गरे।

६० औँ मिनेटपछि डेनमार्कका रास्मुस क्रिस्टेन्सनले दोस्रो पहेंलो कार्ड पाए र बाहिरिए। त्यसपछि लरेन्स शाङ्कल्यान्डले नजिकैबाट गोल गर्दै स्कटल्याण्डलाई २–१ को अग्रता दिलाए।

डेनमार्कले तुरुन्तै प्याट्रिक डोर्गुको गोलले २–२ बनायो। खेल बराबरीमै सकिने जस्तो देखिँदै थियो। तर अन्तिम क्षणमा केइरण टियरनीले टाढाबाट गरेको उत्कृष्ट प्रहारले स्कटल्याण्डलाई ३–२ को जित दिलायो।

त्यसपछि केनी म्याकलेनले हाफ–वे लाइनबाटै अर्को गोल गर्दै स्कटल्याण्डको ऐतिहासिक जित पक्का गरे।
स्पेनले टर्कीसँग २–२ को बराबरी खेले पनि २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ।

स्पेन समूह ‘इ’ मा पहिलो भएर छनोट चरण समाप्त गर्न सफल भयो। स्पेनले ६ मध्ये ५ खेल जितेको र ती सबै खेलमा क्लिन सिट राखेको थियो।

खेलको चौथो मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिएका थिए। तर ४२ औं मिनेटमा डेनीज गुलले टर्कीका लागि बराबरी गोल गरे।

५४ औं सलिह ओज्कानले टर्कीलाई २–१ को अग्रता दिलाए। त्यसपछि ८ मिनेटमै मिकेल ओयार्जाबालले रिबाउन्डबाट गोल गर्दै खेल २–२ बनाए। समूहको दोस्रो टर्की प्ले अफमार्फत विश्वकप छनोटको लागि प्रयास गर्नुपर्नेछ ।
त्यस्तै बेल्जियम, स्विटजरल्यान्ड अस्ट्रिया विश्वकप २०२६ का लागि छनोट भएका छन् ।

बेल्जियमले भने लेचेस्टाइनलाई ७-० ले पराजित गर्‍यो । योसँगै समूह ‘जे’ मा शीर्ष स्थानमा रहेर विश्व कपमा छनोट भयो । समूह ‘बी’ मा स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्दै समूह विजेता बन्यो ।

यस्तै अस्ट्रियाले समूह ‘एच’ मा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ को बराबरी खेले पनि छनोट भयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend