logo
  • शनिबार, असोज १७ २०८३

एनपिएलमा विराटनगर किङ्ग्सको ऐतिहासिक स्कोर, पोखरालाई २२१ रनको विशाल लक्ष्य


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर २ २०८२

विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई दुई सय २१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार साँझ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनायो । यो एनपिएल कै सर्वाधिक ठुलो योगफल हो ।

विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतकीय पालि खेल्नुभयो । लोकेशले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाउनुभयो ।

मार्टिन गुप्टिलले ६१ रन बनाउनुभयो । गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का हान्नुभयो । यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाउनुभयो ।

बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend