logo
  • आइतबार, असोज १८ २०८३

“निता राउत फाउन्डेशन” समाजसेवामा सक्रिय, शिक्षा र सहयोगमा योगदान


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक २३ २०८२

निता राउत फाउन्डेशन” २०७४ सालमा जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भई सामाजिक सेवामा सक्रिय रूपमा कार्यरत छ।

मैले आफ्नो पारिश्रमिकको ३०% प्रत्येक महिना कटाएर बचत गर्दै, सो संकलित रकमबाट विभिन्न सामाजिक कार्यहरू गर्दै आएकी छु। त्यसका अतिरिक्त, केही ठूला परियोजनाहरू सञ्चालन गर्दा देशभित्र तथा विदेशमा रहेका साथी–भाइ र शुभेच्छुकहरूबाट प्राप्त सहयोगले पनि यो अभियानलाई निरन्तरता दिइरहेकी छु।

यो संस्थाले विशेषगरी कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरूका लागि विद्यालयका झोला, पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ। त्यसका साथै, वृद्ध व्यक्तिहरूका लागि न्यानो कपडा वितरण गर्ने तथा देशमा उत्पन्न हुने विभिन्न प्राकृतिक विपत्तिका बेला आवश्यक्ता अनुसार राहत तथा सहयोग प्रदान गर्ने कार्य पनि निरन्तर रूपमा गर्दै आएको छ। यस संस्थाको प्रमुख उद्देश्य समाजमा शिक्षा, मानवीयता र सहयोगको भावना फैलाउँदै सकारात्मक परिवर्तन ल्याउने हो

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend