logo
  • शनिबार, असोज १७ २०८३

एमबाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडको भ्यालेन्सियामाथि ४–० को विजयी प्रदर्शन


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक १६ २०८२

किलियन एमबाप्पेले २ गोल गरेपछि रियल म्याड्रिडले शनिवार भ्यालेन्सियालाई‌ ४-० ले हराएको छ ‌। योसँगै शीर्ष स्थानको रियलले ला लिगामा ७ अंकको अग्रता बनाएको छ।

सान्टियागो बेर्नाबेउमा एमबाप्पेले खेल सुरु भएको ३१ मिनेटभित्र २ गोल गरे। त्यसपछि भ्यालेन्सियाका गोलकिपर जुलेन आगिरेजाबालाले भिनिसियस जुनियरको पेनाल्टी रोके ।

जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै रियललाई पहिलो हाफमा ३–० अघि बढाए। अल्भारो करेरासले ८२औं मिनेटमा गोल गर्दै रियलको लगातार चौथो जित पक्का गरे।

गत साता एल क्लासिकोमा बेन्चमा बस्दा असन्तुष्टि व्यक्त गरेका भिनिसियसलाई यो खेलमा पनि धेरै ध्यान दिइएको थियो। उनले एमबाप्पे र बेलिङ्घमसँगै अग्रपंक्तिमा खेले।

एमबाप्पेले १९औँ मिनेटमा पेनाल्टीमा खेलको पहिलो गोल गरे। त्यो पेनाल्टी फ्रान्को मास्तान्तुओनोको कर्नर भ्यालेन्सियाका डिफेन्डर सेसर तार्रिगाको ह्यान्ड भएपछि दिइएको थियो।

बेलिङ्घमको पासमा अर्दा गुलरले क्रस गरे र एमबाप्पेले भलिबाट ३१ औं मिनेटमा दोस्रो गोल थपे। ४३ औं भिनिसियसले गरेको पेनाल्टी प्रहारलाई गोलकिपरले सजिलै रोके।

४४ औं मिनेटमा बेलिङ्घमले गोल गर्दै टोलीको पकड बलियो बनाए। दोस्रो हाफमा खेल त्यति रोचक रहेन। ८२ औं मिनेटमा करेरासले गरेको गोल खेलको अन्तिम रह्यो ।

यो जितसँगै रियलले पछिल्ला ११ खेलमध्ये १० खेल जितेको छ। रियलको ३० अंक छ। भिल्लारियलले रायो भालेकानोलाई ४–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend