logo
  • शनिबार, असोज १७ २०८३

जेनजी आन्दोलन छानबिन आयोगले स्थलगत अनुगमन सुरु


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक ११ २०८२

जेनजी आन्दोलन छानबिन आयोगले स्थलगत अनुगमन सुरु
जेनजी आन्दोलनका भदौ २३ र २४ का घटनासम्बन्धी छानबिनका लागि आयोगले स्थलगत अनुगमन र तथ्य सङ्कलन सुरु गरेको छ। आयोगका पदाधिकारी टोलीहरूले कोशी, बागमती र गण्डकी प्रदेशका जिल्लामा क्षतिको विवरण सङ्कलन गर्दै उजुरी दर्ताका लागि नागरिकलाई प्रोत्साहित गरिरहेका छन्।

आयोगले स्थानीय तह, सरकारी निकाय, व्यावसायिक संस्था र निजी सम्पत्तिका क्षतिको विवरण माग गरेको छ भने अदालत र संवैधानिक निकायबाट पनि विवरण संकलन भइरहेको जनाएको छ।

भदौ २३ को घटनाबारे जिम्मेवार व्यक्ति तथा अधिकारीहरूका बयानका लागि प्रश्नावली तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। आयोगले ‘बटम टु टप एप्रोच’ अनुसार फिल्ड कमान्डरदेखि प्रधानमन्त्रीसम्मको बयान लिने योजना बनाएको छ।

हालसम्म अपेक्षित संख्यामा उजुरी नआए पनि आयोगले पुनः उजुरीका लागि आग्रह गरिरहेको छ। आयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, उच्च सुरक्षा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूविरुद्ध पनि उजुरी दर्ता भइसकेका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend