आइतबार मोरङको सुन्दरहरैचामा नेपाल प्रेस युनियनको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयको पुरै संरचना परिवर्तन गरेर खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने वातावरण नभएसम्म खेल क्षेत्रको विकास नहुने मन्त्री लिम्बूले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘खेलाडीको जीवन बीमा र अभ्यासका लागि प्रदेश पिच्छे अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण आवश्यक छ । त्यसका लागि खेलकुद मन्त्रालयले बजेटको ब्यवस्थापन गर्नेछ । ठूला देशहरूलाई युद्धमा जित्न सकिन्न । तर, खेलमा हराउन सकिन्छ, त्यसैले अब खेलकुदका माध्यमबाट देशको परिचय स्थापित गर्नुपर्छ ।’’
साही अवसरमा मन्त्री लिम्बूले मोरङका ६ जना पत्रकारहरूलाई सम्मान गर्नुभयो ।