पब्लिक सूचना
नेपालमा ३१ असोजबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ अब क्यानडामा पनि लाग्ने भएको छ । फिल्मको क्यानडा प्रदर्शन प्रचार नेपाल प्रालिले गर्न लागेको हो ।
केही समयदेखि क्यानडामा नेपाली फिल्म र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचार नेपाल प्रालिका सञ्चालक आशिष पुरी र फिल्मका निर्माता विवेक थापाले फिल्म प्रदर्शन विषयमा सम्झौता गरेका छन् । दर्शकको मागबमोजिम क्यानडाको फिल्म वितरण अधिकार किनिएको प्रचार नेपालका पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए । प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ फिल्म पनि प्रदर्शन गरेको थियो । प्रचार नेपालले नोभेम्बर १ बाट क्यानडाका मुख्य मुख्य सहरमा ‘जेरी अन टप’ प्रदर्शन हुने बताए ।
‘जेरी अन टप’ले नेपाल राम्रो व्यवसाय गरिरहेको छ । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मालगायतको अभिनय छ । फिल्मले ६ करोड बढी आम्दानी गरिसकेको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । बिकास बोडको बक्सअफिस प्रणालीमा समस्या आएको कारण फिल्मले आधिकारीक आम्दानी बाहिर आएको छैन । सुयोग गुरुङ निर्देशित फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतको समेत फिल्ममा अभिनय छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend