इच्छा विपरीत न्यायाधीश बनें, इमान कायम राखेको छु : कार्की
पब्लिक सूचना
बिहिबार, जेष्ठ ३२ २०८०
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताएका छन् ।
तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उनले बताए ।