logo
  • शनिबार, असोज १७ २०८३

दिनेशराज प्रसाईं नेतृत्वमा नयाँ राजनीतिक दल गठन, बस्नेतको संलग्नता


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ३१ २०८२

नेपालको ख्यातिप्राप्त निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । दलको अध्यक्ष दिनेशराज प्रसाईं हुनुहुन्छ । सो दलले बुधबार दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार गतिशील लोकतान्त्रिक पार्टीको निवेदन बुधबार दर्ता भएकामा कागजात अध्ययन तथा छानबिन भइरहेको छ । सात जना पदाधिकारी तथा २२ जना केन्द्रीय सदस्य गरी २९ जनाको केन्द्रीय समिति रहने सो दलले प्रस्ताव गरेको छ । सो दलले निवेदन दर्ता गराएसँगै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको दलको सङ्ख्या चार पुगेको छ । हाल आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १२४ छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend