logo
  • शनिबार, असोज १७ २०८३

बैतडीमा किशोरीमाथि जबरजस्तीकरणी आरोपमा युवक पक्राउ


  • पब्लिक सूचना
  • सोमबार, असोज २७ २०८२

बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार लुहारलाई आइतबार पक्राउ गरिएको हो । १९ वर्षीया एक किशोरीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन् । सो जाहेरीका आधारमा लुहारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको निरीक्षक पाण्डेयले बताउनुभयो ।

प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ । जिल्ला अदालतबाट लुहारमाथि आठ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend