logo
  • आइतबार, असोज १८ २०८३

कांग्रेसको समर्थन फिर्तापछि मधेश सरकार अल्पमतमा


  • पब्लिक सूचना
  • बुधबार, असोज २२ २०८२

मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो ।

अध्यक्ष ठाकुरले  भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल थालिएको हो तर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग मागेको छ । छलफल चलिरहेको छ ।”

मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा कायम रहेको १०७ सदस्य सङ्ख्यामध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । दलहरू आफ्नो   पक्षमा बहुमत  पु¥याएर नयाँ  सरकार बनाउने प्रयासमा छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend