logo
  • शनिबार, असोज १७ २०८३

बाढीपहिरोका कारण कोशीमा ८ र बागमतीमा ११ सडक खण्ड बन्द


  • पब्लिक सूचना
  • सोमबार, असोज २० २०८२

बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

 

कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend