logo
  • शनिबार, असोज १७ २०८३

इलाममा भीषण पहिरो, कम्तीमा १४ जनाको मृत्यु


  • पब्लिक सूचना
  • आइतबार, असोज १९ २०८२

इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो ।

प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्।

जिल्लाभर उद्धार कार्य जारी छ । बाढी पहिरोले सूर्योदय नगरपालिका –१ मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका –१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका– ५ धारेमा १ जना, देउमाई –५ धुसुनीमा २ जना, फाकफोकथुम गाउँपालिका –३ रातमाटेमा १ जना र इलाम नगरपालिकाको घोसगाउँमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको जनाएको छ । कतिपय स्थानमा प्रहरी पुग्न सकेको छैन । पहिरोले सडक अवरुद्ध भएपछि प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय इलाममा सुरक्षा समितिको बैठक बसेको जानकारीमा आएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend