logo
  • शनिबार, असोज १७ २०८३

कोशी व्यारेजमा ४ लाख ८६ हजार क्युसेक पानी, सवारी आवत–जावत पूर्णरूपमा बन्द


  • पब्लिक सूचना
  • आइतबार, असोज १९ २०८२

सप्तकोसी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । कोशी व्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि व्यारेजमा रहेको ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

व्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि व्यारेजबाट सवारी आवत जावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोसीमा पानीको बहाब निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।

यसक्रममा स्थानीय प्रशासनले व्यारेजबाट आवत जावतमा रोक लगाउनुका साथै सप्तकोसी नदी आसपास बस्ने सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनले आह्वान गरेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend