logo
  • शनिबार, असोज १७ २०८३

७० हजार रुपैयाँ घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ३१ २०८०

धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष र वडासचिव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले नगराइन नगरपालिका २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई आज (बुधबार) साँझ घुससहित पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन २ मा सडक निर्माण सम्पन्नपश्चात् सिफारिसबापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिसन मागेका थिए ।

अख्तियारको टोलीले चौधरीको उजुरीका आधारमा दुवैजनालाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend