logo
  • शनिबार, असोज १७ २०८३

संविधान दिवस २०८२ काठमाडौँमा भव्य समारोह र राष्ट्रको समृद्धि सन्देश


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ३ २०८२

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरिएको थियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री बबुराम भट्टराईलगायत  विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।


  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend