logo
  • आइतबार, असोज १८ २०८३

सरकारको नयाँ शुल्क नीति सफल, पर्वतारोहण दस्तुरमा दोब्बर आम्दानी


  • पब्लिक सूचना
  • बिहिबार, असोज २ २०८२

सरकारले हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएपछि राजस्व सङ्कलन दोब्बरले वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सरकारले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु गरेको १५ दिनभित्रै विगतका वर्षभन्दा सलामी दस्तुर दोब्बरले बढेको हो ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सरकारले गत भदौ १६ गतेदेखि हिमालको उचाइ अनुसार पर्वतारोहण शुल्क परिवर्तन गरेको छ । ऋतु अनुसार आरोहण शुल्क बढे पनि जारी शरद् ऋतुमा भने विभिन्न हिमाल आरोहण गर्ने आरोही र सलामी शुल्क दोब्बरले बढेको देखिन्छ ।”

उहाँका अनुसार सन् २०२४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहण गर्न १५८ समूहका एक हजार २८० जनाले अनुमति लिएका थिए । उक्त अनुमतिबाट सात करोड ६३ लाख रुपियाँ र त्यसअघि सन् २०२३ मा १७० समूहका एक हजार ३२६ आरोहीले सात लाख ८१ हजार रुपियाँ सलामी दस्तुर बुझाएका थिए । यस वर्ष भने आरोहण अनुमति लिने क्रम जारी रहँदा ४९ समूहबाट १६ करोड रुपियाँभन्दा बढी सलामी दस्तुर सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो ।  उहाँका अनुसार सन् २०२५ को शरद् ऋतुमा आरोहण गर्न हालसम्म ३९२ जना पुरुष र १११ जना महिला गरी ४६३ जनाले आरोहण अनुमति लिएका छन् । उक्त अनुमतिबाट १६ करोड ८७ लाख ४६ हजार ७६५ रुपियाँ सरकारी कोषमा दाखिल भएको छ । शरद् ऋतुमा मनासलु आरोहणका लागि बढी आकर्षण हुने गरेको छ । मनासलु आरोहण गर्न मात्रै यस याममा ३७४ जनाले अनुमति लिएका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend