logo
  • शनिबार, असोज १७ २०८३

राष्ट्रिय सङ्कट समाधानमा सहकार्य आवश्यक भएकोमा कार्की र दाहालबीच एकमत


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ३१ २०८२

 राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा उहाँहरूबीच देशको विकसित घटनाक्रम तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend