logo
  • शनिबार, असोज १७ २०८३

नाउपाका संरक्षक र रास्वपाकी नेतृद्वारा पार्टी छोड्ने घोषणा


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ३० २०८२

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छोड्नुभएको छ ।  चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको जानकारी दिनुभयो । “मैले नाउपा छोडेँ । यो पार्टीलाई विधि विधानमा चलाउन सकिएन । अब नयाँ पार्टी गठन गरेर राजनीतिमा सक्रिय हुने छु,” उहाँले भन्नुभयो । नाउपा २०७८ साल फागुन ३ गते गठन गरिएको थियो ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी कार्यालयमा राजीनामापत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको जानकारी दिनुभयो । “मलाई रास्वपामा हुँदा सहयोग गर्नुहुने सबैमा धन्यवाद छ । मैले परिवर्तनको एजेन्डालाई कहिल्यै छोडेको छैन । जेनजी युवा पुस्ताले गरेको आन्दोलनलाई साथसहयोग र समर्थन हुने छ ।” उहाँ रास्वपामा हुँदा समानुपातिक सांसद भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुने अवसर पाउनुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend