logo
  • शनिबार, असोज १७ २०८३

सुनको मूल्यले तोड्यो कीर्तिमान, प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १८ २०८२

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार प्रतितोला सुन रु. दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु. दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु. पाँचले घटेर रु. दुई हजार ४८० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend