logo
  • आइतबार, असोज १८ २०८३

नेपालमा सुनको मूल्य इतिहासकै उच्च, तोलाको २,०५,९०० पुग्यो


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १७ २०८२

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला १५ ले बढेर दुई हजार ४८५ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई  विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend