logo
  • आइतबार, असोज १८ २०८३

इपिएसमार्फत कोरिया गएका नेपाली श्रमिकको योगदानको कदर गर्नुपर्ने : मन्त्री शरतसिंह भण्डारी


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र १२ २०८२

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएका नेपाली श्रमिकले कोरियाको विकासमा धेरै सहयोग भएकाले कोरिया सरकारबाट त्यसको कदर हुनुपर्ने बताउनुभएको छ । कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभाग (एचआरडी) प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली युवाले कोरियाबाट पुँजीसँगै श्रम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सिप हासिल गरेर आउने उहाँले बताउनुभयो । कोरिया नेपाली युवाका लागि आकर्षक रोजगारी गन्तव्यका रूपमा स्थापित भइसकेको छ । सन् २०२५ का लागि पाँच हजार युवाका लागि माग आएकोमा एक लाखभन्दा बढीले आवेदन दिएका छन् । हुन्डाईले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको जानकारी दिएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend