logo
  • शनिबार, असोज १७ २०८३

दीपेन्द्र ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले एसिटीमाथि लगातार दोस्रो जित


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १० २०८२

नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाउनुभयो । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाउनुभयो । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाउनुभयो । ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले १५/१५ रन बनाउनुभयो । जेक स्मिथले १० रन जोड्नुभयो ।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले चार चार तथा कप्तान रोहितकुमार पौडेल र गुलसन झाले एक एक विकेट लिनुभयो ।

यसअघि पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ४१ रनले विजयी भएको हो । जितका लागि एक सय ७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

टप एन्ड टी–२० सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपालले स्थानीय टोलीसँग अभ्यास खेल खेलेको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend