logo
  • शनिबार, असोज १७ २०८३

तीज पर्व मौलिक संस्कृतिको निरन्तरताका लागि महत्वपूर्ण : प्रदेश प्रमुख मियाँ


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १० २०८२

 सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका निम्ति तीजलगायत पर्व महत्वपूर्ण छन् भन्नुभएको छ । तीजका अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकका मौलिक संस्कृति र परम्पराको निरन्तरताका निम्ति चाडपर्व महत्व अधिक रहेको बताउनुभएको हो ।

प्रदेश प्रमुख मियाँले भन्नुभएको छ, “यस पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाइँदै आएको पर्व तीज हो । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend