logo
  • शनिबार, असोज १७ २०८३

अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनेता भुवन केसीले दायर गरेको मुद्दा जितेकी छन्


  • पब्लिक सूचना
  • शुक्रबार, असार २९ २०८०

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले उनको पक्षमा फैसला गरेको छ ।

अदालतको वेवसाइटका अनुसार बुधबार न्यायाधीश बासुदेव पौडेलको इजलासले केसीले शाहविरुद्ध दायर गरेको मानहानीको मुद्दामा आरोप लगाउन पर्याप्त आधार नभएको निष्कर्ष निकालेको हो । शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार अन्तिम सुनुवाइ भएको र फैसला आफ्नो पक्षमा आएको बताए ।

त्रिपाठीका अनुसार अदालतले फैसलाको पूर्ण पाठ आउन समय लाग्ने जानकारी दिएको छ । तीन वर्षअघि सामाजिक सञ्जालमा साहले केसीले चलचित्रको छायांकनका क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि केसीले १० करोड क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए ।

अदालतको फैसलापछि शाहले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा आफूले मुद्दा जितेको र आफूलाई सहयोग गर्ने आफ्ना वकिल, फ्यान र अन्यलाई धन्यवाद दिएको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend