logo
  • शनिबार, असोज १७ २०८३

पाथीभरा क्षेत्र विकास समितिमा साढे ३६ लाखको बेरुजु खुलासा


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ८ २०८२

। पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फस्र्याेट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो ।

समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१-०७२ देखि आर्थिक वर्ष २०८०-०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्छयौट हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकमहरु फर्छयौट समेत भएका छन् ।

हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फस्र्याेट भएको समितिले जनाएको छ । त्यस्तै कार्यकारी निर्देशक हाङबाङको कार्यकालमा महालेखा परीक्षकले आर्थिक वर्ष ०८०-०८१ मा १८ हजार ६ सय ३ रुपियाँ बेरुजु औँल्याएको छ । गत आर्थिक वर्ष २०८१-०८२ को मलेपले परीक्षण् गर्न बाँकी रहेको छ ।  यस्तै सबैभन्दा बढी आर्थिक वर्ष २०७५-०७६ मा रहेको बेरुजु २६ लाख ३१ हजार ६५८ रुपियाँ फर्छयौट हुन बाँकी रहेको छ । यस्तै आव ०७१-०७२ मा ८० हजार ८४५ रुपियाँ, ०७२-०७३ मा १ लाख १२ हजार ३२२ रुपियाँ र आव ०७४-०७५ मा ४२ हजार ९ सय रुपियाँ बेरुजु फर्छयौट हुन बाँकी रहेको छ । आव ०७६-०७७ मा ६ लाख २४० रुपियाँ र ०७७-०७८ मा १ लाख ७५ हजार रुपियाँ फस्र्याेट हुन बाँकी रहेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै, महालेखा परीक्षकले औँल्याएको बेरुजु रकमको असुल उपर तथा हिसाब मिलान गर्नुपर्ने देखिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend