logo
  • शनिबार, असोज १७ २०८३

सुन तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र ६ २०८२

स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ ।

बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend