पब्लिक सूचना
झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा विपिन कार्की फरक रूपमा प्रस्तुत भएका छन्। फिल्ममा उनी कमलामाइको अवतारमा देखिनेछन्। टिजरमा अभिनेत्री सुहाना थापा र धिरज मगरको केही झलक समेटिएको छ।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा विपिन, सुहाना र धिरजसँगै जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। सञ्जय लामाले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङ सम्पादन गर्नेछन्।
यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend