ललितपुरबाट प्राप्त समाचारअनुसार, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अगस्ट १७ र १८ मा हुने निर्वाचनको सन्दर्भमा टेक्सस च्याप्टर अन्तर्गतको महिला उपाध्यक्ष पदमा दीपा बोहरा ऐर निर्विरोध रूपमा चयन भएकी छन्। प्रतिस्पर्धा विना नै उक्त पदमा चयन भएपछि उनले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी छन्।
दीपा बोहराले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, नेपालमा रहँदा लामो समय राजनीतिमा संलग्न रही सामाजिक सेवा गरेकी र अमेरिका आएपछि पनि विगत तीन वर्षदेखि विभिन्न सामाजिक संस्थाहरूमा संलग्न भई सक्रियता देखाउँदै आएको बताइन्। उनले यस पदमा निर्विरोध चयन हुनु आफ्नो लागि सम्मानको विषय मात्र नभई ठूलो जिम्मेवारी पनि भएको बताउँदै, आगामी दिनमा सामाजिक सेवामा अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको जनाएकी छन्।
उनको यो चयनले प्रवासमा रहेका नेपाली समुदायमा महिलाहरूको सहभागिता र नेतृत्व क्षमतालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।