logo
  • शनिबार, असोज १७ २०८३

बस विद्युत पोलमा ठोक्किँदा सडक अबरुद्ध, मर्मतपछि पुनः सञ्चालन


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ४ २०८२

 दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति बेलझुण्डीमा दुर्घटनामा परेको हो ।

तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ । बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँदा दुर्घटना भएको हो ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बसमा चालकसहित आठ जना सवार थिए ।

घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बस विद्युतको पोलमा ठोक्किदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालनमा आएको छ । दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend