logo
  • शनिबार, असोज १७ २०८३

आर्थिक अनुशासनमा लापरवाही: ५२% सहकारी संस्थाको विवरण अद्यावधिक छैन


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ३ २०८२

कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रका आधाभन्दा बढी (५६३ वटा, ५२.३७ प्रतिशत) सहकारी सङ्घ संस्थाले आर्थिक वर्ष २०८०/८१ को विवरण बुझाएका छैनन् । प्रदेश सहकारी रजिस्ट्रारको नियमनमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी सङ्घ संस्था छन् ।

गत वर्ष एक हजार ७७ वटा सहकारी संस्थामध्ये ५७७ वटा अर्थात् ५३.७० प्रतिशत सहकारी संस्था सङ्घले विवरण बुझाएका थिएनन् । अघिल्लो आवभन्दा गत आवमा १.३३ प्रतिशत प्रगति भएको रजिस्ट्रार कार्यालयले जनाएको छ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका वरिष्ठ शाखा अधिकृत मनोज कार्कीका सबैभन्दा बढी झापाका १५४ वटा सहकारीले विवरण बुझाएका छैनन् । झापामा प्रदेशको नियमन क्षेत्रमा ३२८ वटा सहकारी सङ्घ संस्था रहेका छन् । झापाका ९० वटा सहकारीले जरिबाना तिरेर र ८४ वटाले नतिरी सहकारी संस्था अद्यावधिक गरेका छन् । झापाका ४७ प्रतिशत सहकारी अद्यावधिक भएका छैनन् । त्यस्तै मोरङका ३२.४ प्रतिशत अर्थात् ९१ वटा सहकारी अद्यावधिक भएका छैनन् । मोरङका २८१ वटा सहकारी र सङ्घलाई प्रदेश रजिस्ट्रार कार्यालयले नियमन गर्दै आएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend